आ


ज सोमवार त्रयोदशी तिथिपर्दा सोमप्रदोष ब्रत परेको छ। आज विधिपूर्वक ब्रत बसी उमामहेश्वर र हरिहरको पूजा गर्नाले शुभफल मिल्नेकुरा शास्त्रमा उल्लेख छ।जुनबार त्रयोदशी तिथिपर्दछ। त्यसदिन त्यही बारको नामले प्रदोषब्रतको नाम हुन्छ। शनिवार शनिप्रदोष, आइतवार, रवि, सूर्यप्रदोष, सोमबार, सोमप्रदोष, शिव, चन्द्रप्रदोष, मंगलबार, मंगल, भौमप्रदोष, बधवार बुधप्रदोष, बिहिबार, बिही, गुरूप्रदोष, शुक्रवार, शुक्रप्रदोष, लक्ष्मीप्रदोष  यादें जुनदिन प्रदोष छ, सारा जीवनका कष्टदशा , दोष, ग्रहपिडा निवारण हुनुका साथै महामारी लगायत व्याधिसमन हुनेकुरा शास्त्रले बताएको छ।

पक्षद्वये त्रयोदश्याम निराहारो भवेद्दिवा,........ कृतसन्ध्याजपबिधि: शिवपूजाम समारभेत।..... ध्यात्वाहरिहरौ..... वामभागे गिरिजाम भक्तवत्सलम।। ऋणपातक दौर्भाग्यदारिद्र्यविनिविर्तये। दुःखशोकाग्निसंतप्तम संसारभय पिडीतम।। बहुरोगाकुलमदिनम त्राहिमाम वृषवाहन।एवम् अन्येसमाराध्य प्रदोषे गिरिजापतिम।लभन्तेभिप्सिताकामानदेहान्ते तु पराम गतिम। एतनमहाब्रतम पुण्यम प्रदोषे ब्रतार्चनम। धर्मार्थकाममोक्षाणम ......परम। यसरी शास्त्रहरूमा दुवैपक्षका त्रयोदशीतिथिमा पर्ने प्रदोषब्रतमा विधिपूर्वक स्नान, जप, पाठ, पूजा, ध्यान, दान जे जति गर्न सकिंन्छ, गर्नाले धर्म, अर्थ, काम मोक्ष मिल्ने कुरा बताईएको छ। यसरी नै विविधरोग, महामारी, दुर्गुण, दुर्वचन, दुस्वप्न, दुर्व्यसन नाशहुने कुरा माथिका श्लोकहरूले बताएका चुनी। यसैले हामिपनि सबैले जति सकिन्छ, शुभकर्मगरी जीवन सफल बनाऔ।

( लेखक- ज्यो. पं. कमल प्रसाद दाहाल, सम्पर्क📲९८६२०५८२३३,📲९८१०४०३७७६ IMO, Viber, WhatsApp📲9810403776)

0 comments:

Post a Comment

EDUCATION

 
Top